जेठ ०३, २०८१, बिहीबार
               

काठमाडौंमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

नेपाल फ्ल्यास
असोज १५, २०७७

ADVERTISEMENT

काठमाडौं । बागमती प्रदेशमा आज (बिहीबार) सम्म कोरोना संक्रमितको संख्या ३० हजार ६२३ पुगेको छ । 

तीमध्ये १६ हजार ९० जना उपचारपछि निको (डिस्चार्ज) भएका छन् । हाल बागमती प्रदेशमा सक्रिय संक्रमितको संख्या १४ हजार ३४२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बागमती प्रदेशमा आजसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १९१ पुगिसकेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

बागमती प्रदेशमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित जिल्ला काठमाडौं हो । काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या २० हजार ३९३ पुगेको छ । काठमाडौंमा आज मात्रै थप ८१७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी काठमाडौंपछि ललितपुर र भक्तपुर बढी प्रभावित छन् । हालसम्म ललितपुरमा दुई हजार ५२८ र भक्तपुरमा दुई हजार १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बागमती प्रदेशका कुन जिल्लमा कति पुगे संक्रमित ?

काठमाडौं –  २०३९३
ललितपुर – २५२८
भक्तपुर – २१८२
रसुवा – २१
नुवाकोट – १८४
धादिङ – ४७१
चितवन – २२४५
सिन्धुली – १४८
मकवानपुर – १४२७
रामेछाप – १६७
दोलखा – १३५
काभ्रे – ५४९
सिन्धुपाल्चोक – १७३


कस्तो लाग्यो ?

यो पनि