मंसिर ०७, २०८१, शुक्रबार
               

चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
असोज १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं प्रतिष्ठित उद्योगी व्यवसायी चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आइएमई ग्रुप एवं ग्लोबल बैंकका अध्यक्षसमेत रहेका ढकालले सोमबार बिहान आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै ढकालले लेखेका छन्, 'जनस्वास्थ्यका मापदण्डहरु पालनाका साथ सर्तकता र सजगता अपनाइरहेको भएपनि हिजो आइतबार गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ देखिएको छ ।'

ढकालले आफुनो स्वास्थ्यमा कुनै समस्या नरहेको जनाएका छने । सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसेको उनले जनाएका छन् ।

ढकालले भनेका छन्, ‘दिनयता मेरो सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउनुहुन यसै सूचनामार्फत आग्रह गर्दछु ।’

ढकाल नेपाल उद्योग वाणिज्य महासंघको आगामी साधारणसभामा वरिष्ठ उपाध्यक्ष पदमा प्रतिस्पर्धा गदैछन् ।


कस्तो लाग्यो ?

यो पनि