भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख नाघेको छ।
भारतको स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार २४ घण्टामा ९२ हजार ६ सय पाँच संक्रमित थप भई कोरोना संक्रमितको संख्या ५४ लाख ६ सय २० पुगेको हो।
यसैगरी, २४ घण्टामा एक हजार एक सय ३३ जनाको मृत्यु भएको छ। भारतमा हाल १० लाख १० हजार आठ सय २४ सक्रिय संक्रमित छन् भने ४३ लाख तीन हजार ४४ जना निको भइसकेका छन्।