बैशाख २५, २०८१, मंगलबार
               

शशांक कोइराला डिस्चार्ज, कोरोना रिपोर्ट भने पोजेटिभ नै

नेपाल फ्ल्यास
असोज ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्यमा सुधार आएपछि उनी आज (शनिबार) डिस्चार्ज भएका हुन् । उनी गत मंगलबार ओम अस्पताल भर्ना भएका थिए ।

भदौ २३ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो ।

यसैबीच, हिजो (शुक्रबार) गरिएको पिसिआर परीक्षणमा समेत उनको कोरोना रिपोर्ट भने पोजेटिभ नै आएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

तिवारीका अनुसार स्वास्थ्यमा सुधार भइसकेकाले एक हप्ता होम आइसोलेसनमा बस्ने गरी उनलाई हस्पिटलबाट डिस्चार्ज गरिएको हो । 

कोइरालालाई निमोनियाको शंका लागेपछि मंगलबार साँझबाट प्यारासिटामोल दिएर आईसीयूभित्रको आइसोलेसनमा चिकित्सकीय निगरानीमा उपचार गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि