जेठ ०६, २०८१, आइतबार
               

चिकित्सक र सैनिकसहित ६६ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
असोज ०३, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशमा आज (शनिबार) बिहान थप ६६ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ४०२ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा शनिबार बिहान जारी पहिलो र दोस्रो विज्ञप्तिअनुसार ६६ जना नयाँ संक्रमित थपिएका हुन् । 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका कोरोना संक्रमितमा नवलपरासी पूर्वका ४५ जना, कास्कीका १३ जना, तनहुँका तीन जना, पर्वतका दुई जना, स्याङ्जाका दुई जना र लमजुङका एक जना रहेका छन् ।

संक्रमितमध्ये एक जना पोखरा विश्वविद्यालयमा कार्यरत चिकित्सक, एक जना नेपाली सेनामा कार्यरत र अर्की एक जना स्वास्थ्य स्वयंसेविका रहेको निर्देशनालयले जनाएको छ ।

अन्य सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङको आधारमा पहिचान भएको र उनीहरुलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि