जेठ ०६, २०८१, आइतबार
               

गण्डकी प्रदेशमा थपिए १५ जना कोरोना संक्रमित

नेपाल फ्ल्यास
असोज ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (शनिबार) गण्डकी प्रदेशमा १५ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेशका चार जिल्लामा गरी आज १५ जना संक्रमित थपिएपछि गण्डकी प्रदेशभर कोरोना संक्रमित संख्या तीन हजार ३५१ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार आज थपिएका संक्रमितहरुमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बुलिङटार गाउँपालिका– ६ का ४५ र ४० वर्ष उमेरका दुई जना पुरुष, हुप्सेकोट गाउँपालिका– ४ का ३५ र ३६ वर्षीय पुरुष तथा ३३ वर्षीया महिला, वडा नं. ३ का ४५, ५८ र २४ वर्ष उमेरका पुरुष तथा ५६ र ४२ वर्षीया महिला र वडा नं. ५ की ३७ वर्षीया महिला रहेका छन् ।

पर्वत जिल्लामा पनि थप २ जनामा सङ्क्रमणको पुष्टि भएको छ । उनीहरु कुस्मा नगरपालिका– ६ की ५७ वर्षीया महिला र नेपाली सेनामा कार्यरत ३५ वर्षीय जवान रहेका छन् ।

स्याङ्जाको फेदीखोला गाउँपालिकाका २१ वर्षीय पुरुष र लमजुङको मध्यनेपाल नगरपालिका- ६ का ४२ वर्षीय पुरुषमा पनि सङ्क्रमणको पुष्टि भएको छ । नवलपरासीको हुप्सेकोट(५ की महिला स्वास्थ्य स्वयंसेविका रहेको निर्देशनालयले जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि