जेठ ०६, २०८१, आइतबार
               

प्रदेश नं १ मा १६६ संकमित थप

नेपाल फ्ल्यास
असोज ०२, २०७७

ADVERTISEMENT

विराटनगर । प्रदेश न. १ मा पछिल्लो २४ घण्टामा १६६ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये ५७  महिला  र १०९ पुरुष  रहेका छन् । थपिएका संक्रमितमा मोरङमा १००, सुनसरीमा ५६, झापामा आठ र उदयपुरमा दुई जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।   विराटनगरमा सो  अवधिमा ५८ जना संक्रमित  थपिएका छन् । ती मध्ये २५ महिला र ३३ जना पुरुष रहेका छन् ।

यसप्रदेशमा कोरोना संक्रमितको सङ्ख्या पाँच हजार ४३७ जना पुगेको छ । होमआईसोलेशन १२७, कोभिड– १९ आईसोलेशन अस्पताल, सुन्दरहरैचा ३३, धाइजन आईसोलेशन अस्पताल १३, जिल्ला अस्पताल संखुवासभा १०, मेची अस्पताल झापा चार, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तीन , वि.जेनरल अस्पताल हरिनगर र मारवाडी सेवा सदन आईसोेलेशन विराटनगरबाट एकएक जना गरी १९२ जना आज डिस्चार्ज भएका छन् ।

हालसम्ममा प्रदेशमा कोरोनाबाट मुक्त हुनेको सङ्ख्या दुई हजार ४३२ पुगेको छ भने पछिल्लो २४ घण्टाको अवधिमा ६६९ जनासहित एक लाख १३ हजार ८८९ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि