बैशाख २७, २०८१, बिहीबार
               

‘६० वर्ष नाघेकाहरू घरबाहिर ननिस्कनू’

नेपाल फ्ल्यास
असोज ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्ष उमेर नाघेकालाई घरबाहिर ननिस्कन अपिल गरेको छ । शुक्रबार देशभर हालसम्मकै धेरै संक्रमित देखिएपछि यस्तो आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौमतले संक्रमणको अवस्था खराब भएको भन्दै ६० वर्षभन्दा माथिको उमेर समूहलाई घरबाहिर ननिस्कन आग्रह गरेका हुन् ।

यस्तै मधुमेह, रक्तचाप, फोक्सोको समस्या, किड्नीका विरामी र क्यान्सर रोगीहरूलाई समेत मन्त्रालयले केही दिन घरमै बस्न आग्रह गरेको छ । यस्तै परिवारका सदस्यहरुले समेत उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

पछिल्लो समय काठमाडौं, पोखरा लगायत सहरी क्षेत्रमा संक्रमणसँगै जोखिम बढेको मन्त्रालयले जनाएको छ । साथै घरबाट बाहिर निस्कनु परेमा जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न भनिएको छ ।

शुक्रबार देशभर हालसम्मकै धेरै संक्रमित देखिएका छन् । मन्त्रालयका अनुसार शुक्रबार २ हजार २० जनामा संक्रमण पुष्टि भएको हो । 


कस्तो लाग्यो ?

यो पनि