जेठ ०६, २०८१, आइतबार
               

अवस्था धेरै खराब हुँदै गइरहेको छ : स्वास्थ्य मन्त्रालय

नेपाल फ्ल्यास
असोज ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सबैलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । 

कोरोना संक्रमणको जोखिम काम गर्न जुलुस, धर्ना तथा भिडभाड नगर्न मन्त्रालयले सबैलाई आग्रह गरेको हो । 

'अहिले काठमाडौं लगायत विभिन्न शहरमा भिडभाड गर्ने गरेको हामीले देखेका छौं, यस्तो नगर्नु नगरउनुहुन हामी विनमतापूर्वक अनुरोध गर्दछौं', शुक्रबार मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भने, 'यसले ठूलो क्षति हुनेवाला छ ।' यो क्षतिलाई आंकलन गेरर यस्ता कार्य रोक्न उनले अनुरोध गरे ।

काठमाडौं उपत्यका, पोखरा लगायत तराइका घना बस्ती भएको ठाउँमा कोरोना संक्रमितको संख्या बढेको बताउँदै उनले कोरोना संक्रमणको अवस्था धेरै खराब हुँदै गइरहेको उलेख गरे । 

प्रवक्ता गौतमले भने, 'सबै दाजुभाइ तथा दिदीबहिनीहरुलाई म बिनम्रतापूर्वक के अनुरोध गर्न चाहन्छु भने, ६० वर्ष उमेर पूरा भएका कोही पनि मानिस घरबाहिर ननिस्कनुहोला ।'

यसैबीच, डायवटिज, फोक्सोको समस्या भएका, श्वासप्रश्वासको समस्या भएका, क्यान्सरको समस्या भएका, डायलासिस गराइरहेका बिरामीहरुलाई केही दिनसम्म घरभित्रै बस्न र अति आवश्यक परेको अवस्थामा मात्र आवश्यक सावधानी अपनाएर बाहिर निस्कन मन्त्रालयले आग्रह गरेको छ । 

घरबाट बाहिर निस्कदा सबै जनाले जनस्वास्थ्यका मापदण्ड अपनाउन समेत मन्त्रालयले सबैमा अनुरोध गरेको छ । दुई मिटरको दुरी कायम गर्न, अनिवार्य मास्क लागाउन, बेला बेलामा साबुन पानीले मिचीमिची हात धुन, स्यानिटाइजर प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि