जेठ ०६, २०८१, आइतबार
               

भेन्टिलेटर र आइसियूमा कति छन् संक्रमित ?

नेपाल फ्ल्यास
असोज ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा हाल ३६ जना कोरोना भाइरस संक्रमित विभिन्न अस्पतालको भेन्टिलेटरमा उपचाररत छन् ।

प्रदेश १ मा एक जना, बागमती प्रदेशमा ३४ जना र प्रदेश ५ मा एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले १७३ जनाको भने आइसियूमा उपचार भइरहेको जानकारी दिए । 

उनका अनुसार, प्रदेश १ मा सात जना, प्रदेश २ मा चार जना र बागमती प्रदेशमा १२६ जनाको आइसियूमा उपचार भइहरेको छ ।

त्यसैगरी गण्डकीमा ६ जना, प्रदेश ५ मा २० जना र कर्णाली प्रदेशमा १० जना आइसियूमा रहेको मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि