जेठ ०६, २०८१, आइतबार
               

यी हुन् 'कोरोना फ्री' ६ जिल्ला

नेपाल फ्ल्यास
असोज ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा ६ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ । अहिले यी जिल्लामा एक जना पनि कोरोना संक्रमित छैनन् ।

९ जिल्लामा भने सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी छ । 

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मोरङ, सुनसरी, सिराहा, काठमाडौंमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको जानकारी दिए ।

त्यसैगरी भक्तपुर, ललितपुर, मकवानपुर, चितवन र रुपन्देहीमा पनि सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी रहेको प्रवक्ता गौतमले बताए ।


कस्तो लाग्यो ?

यो पनि