जेठ ०६, २०८१, आइतबार
               

काठमाडौं उपत्यकामामा थपिए अहिलेसम्मकै बढी संक्रमित

नेपाल फ्ल्यास
असोज ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) मा थप ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा मात्रै ६९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी भक्तपुरमा ८२ जना र ललितपुरमा ७९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

काठमाडौं उपत्यकामा एकैदिन संक्रमित हुनेमध्ये यो अहिलेसम्मकै उच्च संख्या हो । 

यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । यो नेपालमा एकैदिन संक्रमित हुनेमध्ये अहिलेसम्मकै उच्च संख्या हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६० हजार ५९३ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ छ । हाल संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना रहेका छन् भने ८ हजार ८८ जना होम आइसोलेसनमा छन् ।

आज ११ हजार ४५८ पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । योसँगै अहिलेसम्म ८ लाख ९४ हजार ३७३ पिसिआर परीक्षण भएको छ । 

यस्तै गत २४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ८७१ रहेको छ । हालसम्म देशभरमा कोरोना मुक्त भइ डिस्चार्ज हुनेको संख्या ४३ हजार ८२० पुगेको छ । 

गत २४ घण्टामा नेपालमा सात जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या ३९० पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि