जेठ ०६, २०८१, आइतबार
               

नेपालमा एकैदिन थपिए दुई हजारभन्दा बढी संक्रमित

नेपाल फ्ल्यास
असोज ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा थप दुई हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यो नेपालमा एकैदिन संक्रमित हुनेमध्ये अहिलेसम्मकै उच्च संख्या हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६० हजार ५९३ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ छ । हाल संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना रहेका छन् भने ८ हजार ८८ जना होम आइसोलेसनमा छन् ।

आज ११ हजार ४५८ पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । योसँगै अहिलेसम्म ८ लाख ९४ हजार ३७३ पिसिआर परीक्षण भएको छ । 

यस्तै गत २४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ८७१ रहेको छ । हालसम्म देशभरमा कोरोना मुक्त भइ डिस्चार्ज हुनेको संख्या ४३ हजार ८२० पुगेको छ । 

गत २४ घण्टामा नेपालमा सात जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या ३९० पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि