जेठ ०६, २०८१, आइतबार
               

रुकुमपश्चिममा थपिए २३ जना कोरोना संक्रमित

नेपाल फ्ल्यास
असोज ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । रुकुमपश्चिममा शुक्रबार अहिलेसम्मकै धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । 

संक्रमित सबै चौरजहारी नगरपालिकाका छन् । संक्रमितमध्ये १४ पुरुष र नौ महिला छन् । चौरजहारी प्रयोगशालामा एक सय ३९ जनाको पिसिआर टेस्ट गर्दा २३ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण हुनेमा भारतबाट आई आइसोलेसनमा बसेका काठमाडौंबाट सो जिल्ला गएका उनीहरुमा कोरोना संक्रणम पुष्टि भएको हो । 

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ९४ पुगेको छ । जसमध्ये ६२ जना कोरोना जितेर घर फर्किसकेका छन् । ३२ जना संक्रिय संक्रमितहरु जिल्लाका विभिन्न आईसोलेसनमा रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि