जेठ ०६, २०८१, आइतबार
               

दुई वर्षीय बालकसहित ५६ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
असोज ०२, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशमा आज (शुक्रबार) थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले पोखरा महानगरका १७ जना सहित गण्डकी प्रदेशमा ५६ जना कोरोना संक्रमित थपिएको जनाएको छ । 

पोखराको वडा नं. १ का ३८ वर्षीय पुरुष र ७ वर्षीय बालक, पोखरा-३ की ५४ वर्षीया महिला, पोखरा-७ का २५, ३०, ३४, ३५ र ३८ वर्षीय पुरुष, पोखरा-१६ का ३३ वर्षीय पुरुष, पोखरा-१९ का  दुई र सात वर्षीय बालक, २६ र ४० वर्षका पुरुष तथा २० वर्षीया एक महिला र ३२ वर्षीया तीन महिलामा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी तनहुँ देवघाट-५ का २७ र ५८ वर्षीय पुरुष तथा शुक्लागण्डकी-४ का १६ र २१ वर्षीय पुरुष, स्याङजाका ५४ वर्षीय पुरुष एवं नवलपुर देबचुली, गैंडाकोट र कावासोतीका चार वर्षीय बालकदेखि ७७ वर्ष उमेर समूहका २४ पुरुष तथा १५ वर्षीया किशोरीदेखि ६० वर्ष उमेर समूहका १० महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३ हजार ३३६ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि