जेठ ०६, २०८१, आइतबार
               

नगरपालिका प्रमुखलाई कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
असोज ०२, २०७७

ADVERTISEMENT

चितवन । रत्ननगर नगरपालिका प्रमुख (मेयर) नारायण वनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीवार आएको रिपोर्टमा उनमा कोरोना पुष्टि भएको हो । 

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गत भदौ २८ गते उनकोे स्वाब संकलन गरिएको थियो ।

आफन्तलाई अस्पताल उपचार गर्न लैजाने क्रममा अस्पतालबाट आफूलाई कोरोना संक्रमण भएको हुनसक्ने उनले बताए ।

स्वाव दिने बेलामा उनमा केही लक्षण देखिए पनि अहिले उनको स्वस्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

उनी होम आइसोलेसनमा बसेका छन् ।


कस्तो लाग्यो ?

यो पनि