जेठ ०६, २०८१, आइतबार
               

गण्डकी प्रदेशमा थपिए ५० जना कोरोना संक्रमित

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । बुधबार गण्डकी प्रदेशमा ५० जना कोरोना संक्रमित थपिएका छन् । यो तथ्यांक सँगै प्रदेशभर कुल संक्रमित संख्या तीन हजार १६६ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. बिनोदबिन्दु शर्माले क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वाब परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमितमध्ये कास्कीका मात्रै २९ जना रहेका छन् ।

उनीहरू पोखरा महानगरपालिका–८ का तीन, वडा नम्बर ५ का एक, वडा नम्बर ११ का पाँच, वडा नम्बर २७ का चार, वडा नम्बर ४ का आठ, वडा नम्बर १५ का दुई, वडा नम्बर १० का दुई, वडा नम्बर ९ का एक वडा नम्बर १ एक र वडा नम्बर ६ का एकजना रहेका छन् ।

कास्कीकै रुपा गाउँपालिका–६ का एक पुरुषमा पनि संक्रमण रहेको पाइएको छ । त्यस्तै बाग्लुङ जिल्लाको गलकोट नगरपालिका–३ का एक, बडिगाड गाउँपालिका–४ का एक र बाग्लुङ नगरपालिका–१ का ए जनामा पनि संक्रमण पुष्टि भएको छ भने तनहुँ जिल्ला ब्यास नगरपालिका–१ का एक जना, वडा नम्बर ११ का एक तथा घिरिङ गाउँपालिका–१ का दुई र वडा नम्बर ३ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथ,ैगोरखाका १३ जना कोरोना संक्रमित थपिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि