काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये धेरै कोरोना संक्रमण हुनेमा काठमाडौं जिल्ला रहेको छ । पछिल्लो २४ घन्टामा काठमाडौंमा ५५५ संक्रमित पहिचान भएका छन् ।
त्यसैगरी, ललितपुर र भक्तपुरमा क्रमश: ८६ र ३५ जना संक्रमित पहिचान भएका छन् ।