जेठ ०६, २०८१, आइतबार
               

महागरपालिकाकी कर्मचारीसहति थप ४७ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ ३०, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशमा मंगलबार बिहान थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

पोखरा विज्ञान स्वास्थ्य प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र र चितवन मेडिकल कलेजमा गरिएको पिसिआर परीक्षणमा थप ४७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

योसँगै गण्डकी प्रदेशमा करोना संक्रमितको कुल संख्या तीन हजार ११२ पुगेको निर्देशनालयले जनाएको छ । थपिएका संक्रमित सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको छ । 

तनहुँ, कास्की, गोरखा, लमजुङ, मनाङ, स्याङ्जा र नवलपरासी (बर्दघाट पूर्व) गरी सात जिल्लाका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

तनहुँका नौ जना, कास्कीका तीन जना, गोरखाका एक जना, लमजुङका एक जना, मनाङका एक जना, स्याङ्जाका १२ जना र नवलपरासी (पूर्व) का २० जनामा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

कास्कीका तीन संक्रमितमध्ये पोखरा महानगरपालिकामा कार्यरत एक ३२ वर्षीया महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । 

विवरण हेर्नुहोस्ः


कस्तो लाग्यो ?

यो पनि