बैशाख २१, २०८१, शुक्रबार
               

काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये धेरै कोरोना संक्रमण हुनेमा काठमाडौं जिल्ला रहेको छ । पछिल्लो २४ घन्टामा काठमाडौंमा ४४० संक्रमित पहिचान भएका छन्  । त्यसैगरी, ललितपुर र भक्तपुरमा क्रमश: २९ र ४३ जना संक्रमित पहिचान भएका छन् । 

आइतबार काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जना कोरोना संक्रमित पहिचान भएका थिए । 

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५२ हजार ३२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ छ । 

यस्तै उपत्यकाका ८ जनाको मृत्यु भएको छ । काठमाडौंका ६१ वर्षीया महिला, ६२, ७०, ७३, ७७, ८५ वर्षीय पुरुष, ललितपुरका ५५ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुषको मृत्यु भएको हो ।


कस्तो लाग्यो ?

यो पनि