जेठ ०६, २०८१, आइतबार
               

नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ । शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर स्वदेश फर्किएका उनमा सोमबार कोरोना पुष्टि भएको हो । उनको स्वाब आइतबार संकलन गरिएको थियो । 

नेपाल एयरलाइन्सका एक अधिकारीका अनुसार कोरोना पोजेटिभ भएसँगै उनी क्वारेन्टाइन बसेका छन् ।  ती अधिकारीका अनुसार उनी सोल्टी होटेलमा बसेका छन् । 

उद्धार उडान सुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीमै क्वारेन्टिनमा राख्दै आएको छ । यसअघि पनि नेपाल एयरलाइन्सका एक दर्जन उडान कर्मचारीमा कोरोना देखिएको थियो ।

क्याप्टेन लामासँगै ककपिटमा रहेका अर्का क्पाप्टेन पनि संक्रमित भएका छन् । दुवैजना सोल्टीको आइसोलेसनमा रहेको कम्पनीले जनाएको छ ।

यो पनि