जेठ ०६, २०८१, आइतबार
               

सरकारले फेरि घटायो पिसिआर परीक्षणको शुल्क

नेपाल फ्ल्यास
भदौ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले पिसिआर परीक्षणको शुल्क घटाएको छ । पिसिआर परीक्षणबाट कोरोना संक्रमण भए-नभएको थाहा हुन्छ ।

अब सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर परीक्षण हुने सरकारले बताएको छ ।

रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

यसअघि सुरुमा पिसिआर पीक्षण्को शुल्क ५५०० रुपैयाँ तोकिएको थियो । 

त्यसपछि उक्त शुल्कलाई पनि घटाएर ४ हजार रुपैयाँ बनाइएको थियो । अब भने दुई हजार रुपैयाँमै पिसिआर परीक्षण हुने सरकारले बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि