जेठ ०६, २०८१, आइतबार
               

अस्पतालका कर्मचारी र सैनिकसहित थप ६५ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ २८, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशमा आज (आइतबार) बिहान थप ६५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

क्षयरोग उपचार केन्द्र पोखरा, स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवनमा गरिएको पिसिआर परीक्षणमा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आज (आइतबार) बिहान जारी गरेको पहिलो विज्ञप्तिमा ३२ जना, दोस्रो विज्ञप्तिमा चार जना र तेस्रो विज्ञप्तिमा थप २९ जनामा कोरोना संक्रमण देखिएको उल्लेख छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ९६८ पुगेको छ  ।

३२ जनामा संक्रमण

क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परीक्षणमा गण्डकी प्रदेशका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

३२ जना संक्रमितमध्ये पोखराको पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत पोखरा १६ की २० वर्षीया महिला कर्मचारी, पोखराको मणिपाल अस्पतालमा उपचाररत पोखरा ९ का ७० वर्षीय पुरुष  र स्याङ्जा पुतलीबजार ३ का ७६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको  छ ।

त्यसैगरी स्याङ्जा पुतलीबजारका २४ र ३२ वर्षीय पुरुष तथा २७ वर्षीया महिला, लमजुङ सुन्दरबजारका नेपाल आर्मीमा कार्यरत २२ देखि ४१ वर्ष उमेर समूहका १६ सैनिक (पुरुष) तथा बेसीसहरकी एक ५२ वर्षीया महिला, तनहुँ भानुका ५० वर्षीय पुरुष र नवलपुर गैँडाकोट, मध्यबिन्दु तथा हुप्सेकोटका चार पुरुष तथा चार महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

पोखराका चार जनामा संक्रमण

स्वास्थ्य निर्देशनालय गण्डकीको दोस्रो विज्ञप्तिअनुसार, पोखराका ४ वटा वडाका तीन महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा चार जनामा संक्रमण देखिएको हो ।

पोखरा १ की ५० वर्षीया महिला, पोखरा ५ की ३७ वर्षीया महिला, पोखरा ६ का ४५ वर्षीय पुरुष र पोखरा २७ की २१ वर्षीया महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । संक्रमित चारैजना फिवर क्लिनिकमा परीक्षणका लागि आएका व्यक्ति रहेको निर्देशनालयले जनाएको छ ।

२९ जनामा संक्रमण

निर्देशनालयले बिहान जारी गरेको तेस्रो विज्ञप्ति अनुसार, प्रदेशका पाँच जिल्लामा थप २९ जनामा कोरोना भाइरस संक्रमण  देखिएको छ ।

गोरखाको गोरखा र भीमसेनथापा गरी दुई पालिकाका चार  महिला तथा तीन पुरुष, स्याङ्जा गल्याङका २१ वर्षीय पुरुष, लमजुङ सुन्दरबजारका आठ पुरुष तथा दुई महिला, तनहुँ ब्यास र म्याग्देका चार पुरुष तथा एक महिला र नवलपुर बिनयत्रिबेणीका तीन पुरुष तथा तीन महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।

थपिएका २९ जना संक्रमित कन्ट्याक्ट ट्रेसिङको आधारमा पहिचान भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

संक्रमित सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि