बैशाख २४, २०८१, सोमबार
               

स्याङ्जाको वालिङमा थप पाँचजनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

स्याङ्जा ।स्याङ्जाको वालिङ नगरपालिकामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार एक महिलासहित पाँच जनामा कोरोना सङ्क्रमित पुष्टि भएका हुन् । 

संक्रमित हुनेहरुमा वालिङ्का ४०, ३०, ३०, ६५ वर्षका पुरुष र ६५ वर्षीया महिला रहेका छन्। त्यस्तै, पाँच दिन पहिले उपचार गर्नका लागि बुटवल पुगेकी वालिङकी एक किशोरीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ।

त्यसैगरी, प्रादेशिक अस्पताल बुटवलमा उपचाररत १८ वर्षीयामा पनि  सङ्क्रमण पुष्टि भएको छ। स्तनको समस्याका कारण उपचारका लागि पाल्पा हुँदै उनी बुटवल पुगेकी थिइन् । 

 महिलामा कोरोना पुष्टि भएपछि परिवार तथा उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङको काम सुरु भएको स्वास्थ्य शाखा प्रमुखकमल प्रसाद पाण्डेले जानकारी दिए। 

योसँगै स्याङ्जामा सङ्क्रमितको संख्या तीन सय ५६ जना पुगेको छ । तीन सय आठ जना सन्चो भएर घर फकिसकेका छन् भने कोरोनाका कारण  तीनजनाको निधन भइसकेको छ । 


कस्तो लाग्यो ?

यो पनि