बैशाख २४, २०८१, सोमबार
               

वडा प्रहरीका २६ जनामा कोरोना संक्रमण, कार्यालय सिल

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

चितवन । वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा शुक्रबार र आज मात्र २२ जनामा कोरोना संक्रमण देखिएको हो । आज बिहान आएको नतिजामा वडा प्रहरी कार्यालयका १० सहित ११ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । 

यस्तै शनिबार आएको नतिजामा वडाका १२ जना प्रहरीमा कोरोना संक्रमण देखिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार वडा प्रहरी कार्यालयका प्रमुखसहित चार जनालाई गत साता कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै जिल्लामा ३९ जना प्रहरीमा कोरोना संक्रमण भएको छ । यसमध्ये पाँचजना निको भएर फर्किसकेका छन् भने अन्य ३४ जना आइसोलेसनमा छन् । 

वडा प्रहरी कार्यालयमा ९५ जनाको दरबन्दी भएको भए पनि हाल कार्यरत ४१ मध्ये २६ जनामा कोरोना संक्रमण भएको हो । कार्यरत रहेकामध्ये अधिकांशलाई कोरोना संक्रमण भएसँगै कार्यालय सिल गरिएको छ ।

थापाका अनुसार वडाबाटै नमूना सङ्कलन गरिएका अन्यको नतिजा आउन बाँकी रहेकाले संक्रमितको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि