बैशाख २४, २०८१, सोमबार
               

मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने उद्योग कारबाहीमा

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौंका चार  र भक्तपुरका  एक गरी पाँच स्यानिटाइजर उद्योग कारबाहीका परेका छन् । 

मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गरेको भन्दै औषधि व्यवस्था विभागले उनीहरुलाई कारबाही गरेको हो । विभागका अनुसार उनीहरुले मापदण्डविपरीत विषाक्त मिथानोल हालेर स्यानिटाइजर उत्पादन गर्दै आएका थिए । हाल ती उद्योगलाई क्षतिपूर्तिसहित जरिवाना गरिएको र बन्द गर्ने तयारी भइरहेको छ । 

विभागले केही समयदेखि उपत्यकामा पाइने विभिन्न ब्रान्डका १० वटा स्यानिटाइजर राष्ट्रिय औषधि प्रयोगशालाहरुबाट परीक्षण गरी प्रयोगका दृष्टिले अनुपयुक्त स्यानिटाइजरलाई प्रयोगका लागि रोक लगाएको छ । 

विभागका अनुसार मापदण्ड तोकिएका स्यानिटाइजरमा इथानोलबाहेकका अन्य रसायन प्रयोग गर्न पाइँदैन । ती उद्योगले बजारमा ल्याएका स्यानिटाइजरमा इथानोलको प्रयोगभन्दा मिथानोल प्रयोग भएको छ । 

कारबाहीमा पर्ने उद्योगहरुमा काठमाडौंस्थित हाइजिन सोप एण्ड केमिकल प्रालि, आधार केमिकल एण्ड फुड इन्डष्ट्री, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्स छन् । यसैगरी भक्तपुरको नेपाल कायाकल्प उद्योग पनि कारबाहीमा परेको छ ।

औषधि व्यवस्था विभागले यी उद्योगहरुबाट उत्पादित ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर ओरिजिनल’, ‘एडभान्स्ड ह्यान्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसिङ जेल’ र ‘सूर्यमुखी ह्याण्ड स्यानिटाइजर’ प्रयोग नगर्न भनेको छ ।

विभागका अनुसार स्यानिटाइजरको मापदण्ड तयार गरेर कम्पनीहरुलाई विभागमा दर्ता गर्न आउन भनेर सूचीकृत गरिएको छ।  केही विभागमा दर्ता भई घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएर उत्पादन गरिरहेका विभागले जानकारी दिएको छ । 

साथै विभागले कारबाहीमा परेका उद्योगहरुको बजारमा भएका स्यानिटाइजर जफत गरी नष्ट गर्ने तयारी भइरहेकको विभागले बताएको छ । 

काठमाडौं उपत्यकामा पाइने सेनिटाइजरको प्रभावकारिता परीक्षण गर्दा ५५ प्रतिशत मात्रै प्रभावकारी रहेको पाइएको थियो ।

यो पनि