बैशाख २४, २०८१, सोमबार
               

कोशी अस्पताललाई कोरोना परीक्षणको लागि ३२ लाखको मेसिन हस्तान्तरण

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना भाइरस परीक्षणका लागि आरएनए एक्स्ट्राक्सन मेसिन कोशी अस्पताल विराटनगरलाई हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टराईलाई शुक्रबार उक्त मेसिन हस्तान्तरण गरे ।

निजी क्षेत्रका उद्योगी, व्यवसायी, विभिन्न संस्था तथा व्यक्ति मिलेर खरीद गरी महानगरपालिकालाई हस्तान्तरण गरिएको सो मेसिनको मूल्य ३२ लाख रुपैयाँ रहेको  सोही अवसरमा जानकारी दिइयो । यसले धेरै जानाको परीक्षणको रिपोर्ट चाँडो दिने अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा. चुमनलाल दासले बताए ।

मेसिन सञ्चालनमा आएपछि २४ घण्टाको अवधिमा एक हजार पाँच सयको स्वाब परीक्षण गर्न मिल्ने छ । महानगरले यसअघि एक थान पिसिआर मेसिन अस्पताललाई प्रदान गरेको छ । महानगरपालिका प्रमुख पराजुलीले जनताको स्वास्थ्य सुरक्षामा सक्दो काम गर्ने बताउँदै प्राप्त मेसिनवाट नगरवासीले सहज र छिटो रिपोर्ट पाउने बताए ।


कस्तो लाग्यो ?

यो पनि