बैशाख २४, २०८१, सोमबार
               

चितवनमा थपिए ८७ जना कोरोना संक्रमित

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । चितवन जिल्लामा ८७ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर अस्पतालले शुक्रबार अबेर राति १२ बजे प्रकाशन गरेको सूचना अनुसार ८७ जना थपिएका हुन् ।

भरतपुर अस्पतालको कोभिड– १९ प्रयोगशालामा ५३३ जनाको थ्रोट स्वाब नमूना परीक्षण गरिएकोमा ८७ जना संक्रमित रहेको पुष्टि भएको उक्त सूचनामा उल्लेख छ ।  अस्पतालको सूचना अनुसार ३ देखि ९० वर्षसम्मका मानिसहरु संक्रमित भएका छन्‌ ।

भरतपुर महानगरपालिकामा मात्रै ७३ जना संक्रमित थपिएका छन् ‌। यस्तै रत्ननगरका २ जना, खैरहनीका ४ जना र कालिका नगरपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको छ ।  


 


कस्तो लाग्यो ?

यो पनि