बैशाख २४, २०८१, सोमबार
               

थप पाँच संक्रमितको मृत्यु, ९२७ जना डिस्चार्ज

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभर पाँच जना संक्रमितको मृत्यु भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार, एक महिला र चार जना संक्रमित पुरुष गरी पाँच जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङकी ४० वर्षीया महिला रहेकी छिन् । त्यसैगरी महोत्तरीका ६५ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष, काठमाडौंका ७० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुष को मृत्यु भएको छ ।

योसँगै नेपालमा हालसम्म ३२२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमणको तुलनामा मृत्युदर ०.६२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

९२७ जना डिस्चार्ज

यसैबीच, गएको २४ घण्टामा ९२७ संक्रमित डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको जम्मा संख्या ३६ हजार ६७२ पुगेको छ । संक्रमणको तुलनामा यो ७१ प्रतिहत हो ।

मन्त्रालयका अनुसारः

देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ छ ।

संस्थागत आइसोलेसनमा आठ हजार २९१ जना छन् ।

होम आइसोलेसनमा ६ हजार ६३४ जना छन् ।

देशभरका क्वारेन्टाइनमा ६ हजार ७८ जना छन् ।

आज जम्मा १० हजार ७०१ पिसिआर परीक्षण भएको छ । योसँगै हालसम्म आठ लाख २१ हजार १८६ पिसिआर परीक्षण भएको छ ।


कस्तो लाग्यो ?

यो पनि