बैशाख २४, २०८१, सोमबार
               

शुक्रबार थपिए एक हजार ४५४ संक्रमित

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । 

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर एक हजार ४५४ जना संक्रमित थपिएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।

यसअघि हिजो (बिहीबार) नेपालमा एक हजार २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका प्रवक्ताका अनुसारः

देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ छ ।

संस्थागत आइसोलेसनमा आठ हजार २९१ जना छन् ।

होम आइसोलेसनमा ६ हजार ६३४ जना छन् ।

देशभरका क्वारेन्टाइनमा ६ हजार ७८ जना छन् ।

आज जम्मा १० हजार ७०१ पिसिआर परीक्षण भएको छ । योसँगै हालसम्म आठ लाख २१ हजार १८६ पिसिआर परीक्षण भएको छ ।

गएको २४ घण्टामा ९२७ संक्रमित डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको जम्मा संख्या ३६ हजार ६७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप पाँच जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा ३२२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमणको तुलनामा मृत्युदर ०.६२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि