बैशाख २४, २०८१, सोमबार
               

सशस्त्र प्रहरी र स्वास्थ्यकर्मीसहित ६५ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशमा आज शुक्रबार ६५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, भरतपुर अस्पताल, चितवन र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार बिहान र दिउँसो गरेर नवलपरासी (सुस्तापूर्व)मा ३३, कास्कीमा १२, लमजुङमा पाँच, तनहुँमा ११, स्याङ्जामा दुई र पर्वतका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा तनहुँका पाँच जना सशस्त्र प्रहरी रहेको बताइएको छ । तनहुँको भानुमा कार्यरत ३१ वर्षीय दुई जना र ३२ वर्षीय तीन जना सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।

त्यस्तै पोखराको मेट्रोसिटी अस्पतालका ३२ वर्षीय एक स्वाथ्यकर्मी तथा उपचारका लागि आएकी ३२ वर्षीया महिलामा समेत संक्रमण देखिएको छ ।

लमजुङ बेसीसहरस्थित सामुदायिक अस्पतालमा कार्यरत एक २३ वर्षीया स्वास्थ्यकर्मी महिलाको समेत कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

संक्रमित सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको जम्मा संख्या दुई हजार ७९५ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि