जेठ ०६, २०८१, आइतबार
               

चितवनमा थप ३४ जनाको कोरोना रिपोर्ट पोजेटिभ

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

चितवनमा आज (शुक्रबार) थप ३४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । 

भरतपुर कोभिड प्रयोगशालामा नमूना परीक्षण गर्दा चितवन जिल्लाका ३१ जनासहित ३४ जनामा कोरोना संक्रमण देखिएको हो ।

चितवनका संक्रमितहरु भरतपुर महानगरपालिकाका हुन् । तीमध्ये २६ जना पुरुष र पाँच जना महिला छन् । संक्रमित १२ देखि ५७ वर्ष उमेर समूहका छन् । 

त्यस्तै पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१ का २८ वर्षीय पुरुष र २९ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । पर्साको ठोरी–२ की २१ वर्षीया महिलाको समेत कोरोना रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि