जेठ ०६, २०८१, आइतबार
               

गण्डकीमा थपिए १७ संक्रमित

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशमा आज (शुक्रबार) बिहान थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, भरतपुर अस्पताल चितवन र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

थपिएका संक्रमितमा नवलपरासी सुस्तापूर्वका १२ जना, कास्कीका दुई जना, स्याङ्जाका दुई जना र तनहुँका एक जना रहेका छन् ।

संक्रमितमध्ये पोखरा महानगरपालिकाका दुई जना, तनहुँका एक जना र स्याङ्जाको पुतलीबजार–१ का एक जना गरी चार जना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा परीक्षणका लागि आएका व्यक्ति हुन् । 

अन्य संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको निर्देशनालयले जनाएको छ ।

संक्रमितहरुलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ७४७ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि