जेठ ०६, २०८१, आइतबार
               

थप १७ प्रहरी कोरोना सङ्क्रमित

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

सप्तरी । जिल्ला प्रहरी कार्यालयका प्रमुखसहित १७ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कार्यालय प्रमुख  ४४ वर्षीय प्रहरी उपरीक्षक, ४५ वर्षीय प्रहरी नायव उपरीक्षकसहित १७  प्रहरीलाई कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा उनीहरूकोे पिसिआर परीक्षण गरिएको बताइएको छ ।  अहिले उनीहरू होम आइसोलेशनमा बसेका जनाइएको छ । सप्तरीमा हालसम्म ५७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी साढे तीन सय कैदीबन्दी रहेको  जिल्ला कारागारमा  रहेका ९ जना कैदीबन्दी र दुई प्रहरीमा आज कोरोना संक्रमण देखिएको छ । संक्रमित कैदीबन्दीको सङ्ख्या १५ पुगेको छ ।

आज नै गरिएको परीक्षणमा गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत एक नर्स र १ स्वीपर समेत कोरोना सङक्रमित भएका छन् । उनीहरू ३३ र ३८ वर्षीया महिला हुन् । यसैगरी राजविराज नगरपालिका–३ का ७१ वर्षीय र  ६ का २८ वर्षीय पुरुष समेत सङक्रमित भएका छन् ।

जिल्लामा संक्रमितको सङ्ख्या १६६ महिलासहित ९९१ पुगेको छ । ती मध्ये एक महिलासहित ८ जनाको मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजितकुमार झाले जानकारी दिए । उनका अनुसार हालसम्म ६८२ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि