जेठ ०६, २०८१, आइतबार
               

बाँकेमा कोरोना विशेष अस्पतालको उद्घाटन

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

नेपालगञ्ज । भेरी अस्पतालमा निर्माण गरिएको कोरोना विशेष अस्पताल सञ्चालन सुरु भएको छ ।

बिहीबार  एक कार्यक्रमबीच प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराललले सो अस्पतालको उदघाटन गरेका छन् । सो अस्पताल उद्घाटन गर्दै मन्त्री बरालले कोरोना सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले सबैको सहयोग अपेक्षा गरेको बताए । 

सो कोरोना विशेष अस्पतालमा आठ आइसियुसहित ७२ शय्याको छ। निकट भविष्यमै अस्पताललाई १००शय्याको बनाउने कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि