बैशाख २१, २०८१, शुक्रबार
               

उपत्यकामा एकैदिन पाँच सय ७२ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । उपत्यकामा एकैदिन पाँच सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं  चार सय ९५, भक्तपुरमा ४३ र ललितपुरमा ३४ जनामा कोरोना पुष्टि भएको हो ।

यसअघि बुधबारको नियमित मिडिया ब्रिफिङका क्रममा उपत्यकामा चार सय ६४ जनामा कोरोना संक्रमण भएको थियो । 
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार चार सय ६५ पुगेको छ । यस्तै, संक्रमित मध्ये ७० प्रतिशत डिस्चार्ज भएका छन् । नेपालमा कोरोनाबाट तीन सय १७ को मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि