बैशाख २६, २०८१, बुधबार
               

६४९ स्थानीय तहमा अस्पताल बनाउने सरकारको निर्णय

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले अस्पतालको सेवा नपुगेका ६४९ स्थानीय तहमा अस्पताल बनाउने निर्णय गरेको छ ।

सरकारले सो प्रयोजनका लागि प्रतिशैय्या दुई लाखका दरले दिने निर्णय पनि गरेको छ । सो रकम  कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट सरकारले उपलब्ध गराउन लागेको हो ।

जसका लागि सो रकम महालेखा नियन्त्रक कार्यालयबाट पनि  निकासा भएको बताइएको छ ।  जसका लागि स्थानीय तहलाई मापदण्डसमेत तोकेको छ । 

स्थानीय तहमा सरकारी अस्पताल बनाउने प्रयोजनका लागि सरकारले कुल ६४ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ ।

यो पनि