जेठ ०६, २०८१, आइतबार
               

सिरहा कारागारका ५९ कैदीबन्दीमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

जकपुरधाम । सिरहाको जिल्ला कारागारमा रहेका ५९ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको छ । 

सो कैदीबन्दीमा पुर्पक्षका लागि ल्याइएका सात जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरुको पिसिआार परीक्षण गर्दा  एकैचोटि ५९ जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला कारागारकाका अनुसार कोरोना पुष्टि हुनेमा सबै पुरुष हुन् । 

कारागारका अनुसार कारागारमा आएका सात जनामा  ज्वरो आएपछि उनीहरुलाई छुट्टै राखिएको,तर उनीहरुमा ज्वरो आएपछि परीक्षण गराउँदा सबैमा कोरोना पुष्टि भएको हो । नयाँ आएका सात जना थुनुवालाई छुट्टै ठाउँमा राखेका थियौँ । तर, उनीहरुलाई ज्वरो आएपछि जाँच गराउँदा पोजेटिभ देखिएको थियो,’ कारागारले भन्यो, ‘उनीहरुमा पोजेटिभ देखिएपछि अन्यको पनि परीक्षण गरायौँ ।’

यसअघि २१ कैदीबन्दीलाई कोरोना भाइरस संक्रमण भएको भन्दै अरुमा सर्ने डरले रिहा गरिएको थियो ।

यो पनि