जेठ ०६, २०८१, आइतबार
               

चितवनमा थप १४ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

चितवन ।  चितवनमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार मध्यराति सार्वजनिक गरिएको नतिजा अनुसार भरतपुर महानगरपालिकाका १३ जना र रत्ननगरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका ७ जना पुरुष र ६ जना महिला छन् । त्यस्तै रत्ननगरकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन् ।  

३१९ जनाको पिसिआर परिक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।


कस्तो लाग्यो ?

यो पनि