जेठ ०६, २०८१, आइतबार
               

गाउँपालिकाका अध्यक्षलाई कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

सुर्खेत ।सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल,पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको हो ।

केही दिनयता रुघाखोकी लक्षण देखिएपछि वीरेन्द्ररमा स्वाब परीक्षण गराउँदा उनमा कोरोना पुष्टि भएको हो । 

कोरोना महामारी नियन्त्रणमा खटिँदै आएका अध्यक्ष केसी हाल सिम्तास्थित बागेश्वरी माध्यमिक विद्यालयको आइसोलेसनमा बसेका छन्  । उनले आफूलाई सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको बताए । ‘अहिले आइसोलेसनमा छु, 'स्वास्थ्य अवस्था सामान्य छ,'  उनले भने, ‘उच्च मनोबलका साथ तातो पानी, बेसार पानी पिएर कोरोना जितेर फर्किन्छु ।’

अध्यक्षमा कोरोना पुष्टि भएसँगै  उनको सम्पर्कमा रहेका जनप्रतिनिधि तथा कर्मचारी क्वारेन्टाइनमा बसेका छन् । उनीहरुको स्वाब सङ्कलन गर्ने र एक साता गाउँपालिका कार्यालय सिल गर्ने तयारी भइरहेको अध्यक्ष केसीले बताए ।

करिब सात महिना गाउँपालिकामा कोरोना रोकथाममा खटिने क्रममा उनी आफै क्वारेन्टाइन र आइसोलेसनमा पुगेर कोरोनासम्बन्धी सचेतना र नागरिकको मनोबल बढाउन मनोविमर्शका कार्यक्रम सञ्चालन गर्दै आएका थिए ।

यो पनि