जेठ ०६, २०८१, आइतबार
               

भारतमा एकैदिन ११ सय ७२ जनाको मृत्यु, ९५ हजार संक्रमित

एजेन्सी
भदौ २५, २०७७

ADVERTISEMENT

भारतमा कोरोनाको संक्रमण तीब्र गतिमा बढीरहेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ११ सय ७२ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ७५ हजार ६२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९५ हजार ७३५ जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४४ लाख नाघेको छ । भारतमा कुल संक्रमित ४४ लाख ६५ हजार ८६४ पुगेको छ ।

भारत अहिले धेरै संक्रमित हुने देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ ।

त्यस्तै भारतमा अहिलेसम्म ३४ लाख ७१ हजार ७८४ जना डिस्चार्ज भएका छन् । त्यस्तै ९ लाख १९ हजार १५ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

भारतमा अहिलेसम्म कुल ५ करोड २९ लाख ३४ हजार ४३३ नमुना परीक्षण गरिएको छ । जसमा ११ लाख २९ हजार ७५६ नमुना परीक्षण गरिएको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले बताएको हो ।


कस्तो लाग्यो ?

यो पनि