जेठ ०६, २०८१, आइतबार
               

गण्डकी प्रदेशमा थपिए ४९ जना कोरोना संक्रमित

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरस गण्डकी प्रदेशमा आज (बिहीबार) फेरि ४९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डाक्टर बिनोदबिन्दु शर्माका अनुसार आज थपिएका संक्रमितहरुमा पोखरा महानगरपालिकाका १९ जना, बागलुङ जिल्ला जैमिनी नगरपालिका १ जना, बरेङ गाउँपालिकाका १ जना र गलकोट नगरपालिकाका १ जना रहेका छन् ।

यस्तै पर्वतका १ जना, तनहुँको भिमादका ३ जना, स्याङ्जाको पुतलीबजार नगरपालिकाका १२ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिकाका ३ जना र देवचुली नगरपालिकाका १ जना रहेका छन् ।

पोखरा महानगरपालिका १५ का २३ वर्षीया महिला पश्चिमाञ्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत स्टाफ नर्स रहेका छन् । यससँगै गण्डकी प्रदेशमा  कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ हजार ७२८ जना पुगेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि