जेठ ०६, २०८१, आइतबार
               

रौतहटका डिएसपीसहित २० प्रहरीमा कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ २४, २०७७

ADVERTISEMENT

चन्द्रनिगाहपुर । रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीसहित २० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

डिएसपी शाहीसहित २० जनाको बुधबार आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो ।

२५ जनाको स्वाब संकलन गरी परीक्षण गरिएकोमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित प्रहरीमध्ये कोहीलाई होम आइसोलेसन र केहीलाई चन्द्रपुर–२ मा रहेको अस्थायी कोरोना अस्पतालमा पठाइने बताइएको छ ।

८२ जना कार्यरत प्रहरी कार्यालयमा अन्य प्रहरीहरुको पनि कन्ट्याक ट्रेसिङको आधारमा स्वाव परिक्षण गरिने छ । 


कस्तो लाग्यो ?

यो पनि