मंसिर ०७, २०८१, शुक्रबार
               

६ वर्षीया बालिकासहित थप ११ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ २४, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशमा बुधबार बिहान थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये पोखराका मात्रै ९ जना छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरामा संक्रमण पुष्टि हुनेमा साउदीबाट फर्किएकी पोखरा-१३ की ३८ वर्षीया महिला, भारतबाट आएका (वडा नखुलेका) २४ वर्षीय पुरुष, पोखरा-१७ का २२ वर्षीय पुरुष, पोखरा-६ की ६ वर्षीया बालिका र ३४ वर्षीया महिला, पोखरा-७ का २५ वर्षीय पुरुष, पोखरा-८ का १७ वर्षीय पुरुष तथा वडा नम्बर १४ का १७ र ४५  वर्षका पुरुष रहेका छन् ।

त्यसैगरी बागलुङ तमानखोला-१ का २६ वर्षीय पुरुष तथा नवलपुर गैँडाकोट १ का ५४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको  छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६७२ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि