काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार उपत्यकाका तीन जिल्लामा थप ३९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा मात्र ३०० जना संक्रमित थपिएका छन् ।
त्यसैगरी भक्तपुरमा ५८ जना र ललितपुरमा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको उनले बताए ।
यसैबीच, नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।
देशभरमा सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ६११ पिसिआर परीक्षण गरिएको छ ।
त्यस्तै प्रवक्ता गौतमका अनुसार आज थप २ हजार २८७ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ३०६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।