असोज ०६, २०८१, आइतबार
               

एकैदिन २२ सय ८७ संक्रमित डिस्चार्ज

नेपाल फ्ल्यास
भदौ २३, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार २८७ कोरोना संक्रमित निको (डिस्चार्ज) भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरबाट थप २ हजार २८७ कोरोना संक्रमित निको भएका हुन् ।

यो एकैदिनमा निको हुनेमध्येको अहिलेसम्मकै उच्च संख्या हो ।

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ । यो कुल संक्रमितको ६८ प्रतिशत हो ।

यसैबीच आज नेपालमा थप ९०२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।

देशभरमा सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ । 

पछिल्लो २४ घण्टामा १० हजार ६११ पिसिआर परीक्षण गरिएको छ । 

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ३०६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि