असोज ०६, २०८१, आइतबार
               

एकैदिन थपिए ९०२ संक्रमित, संक्रमितको संख्या ४८ हजार नाघ्यो

नेपाल फ्ल्यास
भदौ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।

देशभरमा सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ६११ पिसिआर परीक्षण गरिएको छ ।

त्यस्तै प्रवक्ता गौतमका अनुसार आज थप २ हजार २८७ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । 

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ३०६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि