जेठ ०६, २०८१, आइतबार
               

कारोना संक्रमितको सम्पर्कमा रहेकालाई पहिचान ‘अपरेसन सेन्टर’

नेपाल फ्ल्यास
भदौ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । महानगरपालिकाले कारोना भाइरस संक्रमितको सम्पर्कमा रहेकालाई छिटो पहिचान गर्न अपरेसन सेन्टर स्थापना गरेको छ । हरेक दिन कोरोना संक्रमित बढ्न थालेपछि कामपाले यस किसिमको अभ्यास सुरु गरेको हो ।  

पहिलो चरणमा यसअघि बढी संक्रमित देखिएका वडाहरुमा स्वयंसेवकसहित स्वास्थ्यकर्मी परिचालन गरिसकिएको छ । कामपा जनस्वाथ्य विभाग प्रमुख हरि कुँवरका अनुसार ३२ वटै वडामा टोली बनाएर सोमबारबाट काम सुरु भइसकेको छ ।

यसबाट संक्रमित पहिचान गर्न ठूलो सहयोग हुन्छ । यस कार्यलाई प्रभावकारी बनाउनकै लागि कामपाले १० जना जनस्वाथ्यकर्मीलाई करार सेवामा लिएको छ भने थप २० स्वयंसेवक पनि परिचालन गरिसकेको छ ।

आवश्यकता हेरी थप अरु कर्मचारी पनि भर्ना गरिने प्रमुख कुँवरको भनाइ छ । यसअघि स्वास्थ्यकर्मीको पनि समस्या थियो, अब त्यो समस्या केही कम हुन्छ । टोलीले ३२ वटै वडामा यसअघि खटिएको स्वयंसेवक र स्वास्थ्यकर्मीसँग सहकार्य गरी काम गर्नुपर्छ ।

त्यसैगरी उक्त टोलीले होम क्वारेन्टाइन र आइसोलेसनमा बसेकाको अवस्थाबारे जानकारी लिने र आवश्यकताका आधारमा अस्पताल लैजानेसम्मको सहजताको काम गर्नुपर्दछ । टोलीलाई ‘केस’को पहिचान गर्नेदेखि कन्ट्याक्ट ट्रेसिङ गरी पिसीआर परीक्षण गर्नेसम्मको अधिकार रहेको छ ।

विभाग प्रमुख कुँवरले कामपामा परीक्षण गर्दा लक्षण नदेखिएका संक्रमितलाई राख्न बालाजुस्थित बाइसधारा पार्कको भवनलाई प्रयोग गर्ने पनि जानकारी दिए ।

महानगरले अहिलेसम्म चार जनाको सहयोगमा पिसीआर परीक्षण गरिरहेको थियो । अब सो सङ्ख्या बढेर करिब १० जना पुग्ने विभागले जनाएको छ । अहिलेसम्म काठमाडौं उपत्यकामा मात्रै करिब ९ हजारको सङ्ख्यामा कोरोनाका बिरामी छन् भने काठमाडौं जिल्लामा मात्रै छ हजार बिरामी भइसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि