जेठ ०६, २०८१, आइतबार
               

हरेक ५ संक्रमितमध्ये १ संक्रमित काठमाडौं उपत्यकामा

नेपाल फ्ल्यास
भदौ २४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालभर ४८ हजार १३८ जनालाई काेरोना संक्रमण हुँदा काठमाडौं उपत्यकामा मात्र करिब ९ हजार संक्रमित छन् । 

अहिलेसम्म काठमाडौंमा ७ हजार २१७, ललितपुरमा ९७७ तथा भक्तपुरमा ७८२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सङ्ख्या आठ हजार ९७६ पुगेको छ । देशभरकाे संक्रमितमध्ये करिब १९ प्रतिशत काठमडौं उपत्यकाकाे संक्रमितले ओगटेकाे छ । 

मंगलबारमात्र काठमाडौै उपत्यकामा ३९४ जनामा संक्रमण देखियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो काठमाडौंमा मात्र ३०० जना संक्रमित थपिएका छन् । त्यसैगरी भक्तपुरमा ५८ जना र ललितपुरमा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

मंगलबार थप २ हजार २८७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।  योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ भने  १४ हजार ८६८ सक्रिय संक्रमित छन् ।

केही हप्तायता काठमाडौं उपत्यकामा काेराेना संक्रमणकाे उच्च जाेखिम देखिएपछि उपत्यकामा निषेधाज्ञा जारी छ । उपत्यकामा निशेधाज्ञा जारी भएकाे आज राति १२ बजे ३ हप्ता पुरा हँदैछ । अझै निषेधाज्ञा थप हुने वा नहुने भन्ने बारेमा सर्वसाधारणमा अन्योलता छ भने ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसहितकाे आज जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गर्नेछन् । 

मंगलबार बसेकाे कोभिड–१९ जिल्ला क्राईसिस म्यानेजमेन्ट सेन्टर (डिसिसीएमसी) को बैठकमा निषेधाज्ञा थप खुकुलो बनाउनेबारे छलफल भएको थियो । तीनवटै जिल्लाका प्रजिअहरूले मंगलबार गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेसँग जारी निषेधाज्ञाबारे समीक्षा गरेका काठमाडौंका प्रजिअ जनकराज दाहालले जानकारी दिए । 

देशभर हाल ३७ जिल्लामा निषेधाज्ञा छ र त्यसमध्ये उपत्यकाका तीनसहित २६ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा लगाइएको छ । निरन्तरले निषेधाज्ञाले जनजीवन असहज बन्दै गएपछि उद्योगी व्यवसायी तथा पेशाकर्मीहरुले निषेधाज्ञा केही खुकुलो बनाउन सुझाएका छन् ।

मंगलबार नै बसेकाे उपत्यका मेयर फोरमले राजधानी प्रवेश गर्ने नाकामा सेना परिचालन गरेरे सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्न सुझाव दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि