जेठ ०६, २०८१, आइतबार
               

दाङमा निषेधाज्ञाको स्वरुप फेरेर २८ गतेसम्म लम्ब्याइयो

नेपाल फ्ल्यास
भदौ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । दाङ जिल्लामा जारी भएको निषेधाज्ञाको स्वरुप फेरेर आगामी २८ गते भदौसम्म लम्ब्याइएको छ । गत भदौ १४ गते रातिबाट जारी भएको साे निषेधाज्ञा आइतबार रातिबाट समाप्त भएपछि स्वरुप फेरेर पुनः लम्ब्याइएको हो ।

जिल्ला संकट व्यवस्थापन समितिको निर्णय अनुसार भदौ २८ गतेसम्म पुनः थप भएको निषेधाज्ञा अवधिमा बिहान ६ बजेदेखि १२ बजेसम्म बजार खुल्ने प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । त्यसैगरी सोही समयमा निजी सवारीसाधनहरु जोर बिजोर प्रणाली अनुसार सञ्चालन गर्न पाइने उनले बताए ।
 


कस्तो लाग्यो ?

यो पनि